Hamroprayas
बुटवल कृषि उपज केन्द्रमा १५ दिन भित्र टेन्डर नखोले कडा आन्दोलन  गर्ने किसान महासंघको  चेतावनि

बुटवल, पुस २९

विगत लामो समय देखि विना टेन्डर सञ्चालनमा रहेको बुटवलको थोक बजार‘बुटवजल कृषि उपज  थोक बजार’ लाई कानून सम्मत रुपमा टेन्डरमा लगाएर अन्य किसान तथा व्यवसायीहरुलाई पनि सहभागी गराउन माग सहित लुम्बिनी प्रदेशको अखिल नेपाल किसान महासंघले अल्टीमेटम सहितको ज्ञापन पत्र  बुझाएको छ ।

आईतबार अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष महेन्द्र गिरी, केन्द्रीय सदस्य ऋषव पोखरेल र निसा शर्मा जिल्ला अध्यक्ष कृष्ण पन्थी लगायतको टोलीले बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल) लाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा १५ दिन भित्र  अनिवार्य रुपमा  टेन्डर खेल्नुपर्ने माग  समेत गरिएको हो ।  बुटवल कृषि उपज तथा थोक वजार परिसर भित्र रहेका  सटर हरुको सझौता म्याद  २०७७ साल भाद्र सम्म रहेको थियो । तर सञ्चालक समितिले पुरानै व्यवसायीहरुलाई विना टेन्डर सञ्चालनको लागि अनुमती दिएको छ ।

 विना टेण्डर प्रतिष्पर्धा विना नै सरकारी स्वामित्वमा रहेको बुटवल कृषि उपज केन्द्रमा ५० प्रतिशत किसानको सहभागीता पनि अनिवार्य रहेको छ । तर सञ्चालक समितिले भने यसमा व्यवस्ता गर्दै आएको छ । ज्ञापन पत्र बुझ्दै बुटवल कृषि उपज थोक बजार संचालक समितिका अध्यक्ष घनश्याम भुषालले किसानको माग अनुसारको कुरालाई आवश्यक प्रक्रिया अगाडी बढाउने जानकारी गराउनुभएको थियो  । उहाँले  बुटवल उपमहानपालिका संगै संमन्वय गरेर  अगाढी  बढ्ने समेत बताउनुभएको थियो ।

 ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल नेपाल किसान महासघंका केन्द्रिय सदस्य ऋषब पोख्रेल, निसा शर्मा प्रदेश कमिटी  सदस्य सिपि पौडेल ,सिता पौडेल,  जिल्ला अध्यक्ष कृष्ण पन्थि, नगर अध्यक्ष राम प्रसाद पराजुली लगायतको सहभागीता रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update