Hamroprayas
लुम्बिनी आएका पर्यटकलाई सुपादेउराली पुर्याउन आवश्यक  – राज्यमन्त्री सुशिला सिर्पाली

अर्घाखाँची,पुस २९ 

सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभएको छ  । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा उहाले जोडदिनुभयो ।

रिपोटर्स क्लब नेपाल लुम्विनी प्रदेशले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिर्पालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाल पत्रकार महासंघ लागेकोमा धन्यवाद दिनुभयो ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रबद्र्धन अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो । लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुदै जिल्लाका अन्य पर्यटकिय क्षेत्रमा पुर्याउन सकेमा मात्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री सिर्पालीको भनाइ रहेको छ । 

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रबर्धन अभियानको उद्घाटनमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड यहि माघ १ गते सन्धिखर्क आउने कार्यक्रम छ । साही कार्यक्रमलाई  लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लाको पर्यटन विकासमा प्रदेशको तर्फबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको स्विकार गर्दै आगामी दिनमा पहल गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका सभापति जिवनारायण कोइरालाले प्रधानमन्त्री दाहाललाई जिल्लाका महत्वपुर्ण बिकास आयोजनाको  निर्माणका विषयमा ध्यानाकर्षण गराउने बताउनु भयो । नेपाली कांगे्रस लुम्विनी प्रदेश सहमहामन्त्रि बिष्णु प्रसाद खनालले जिल्लाका पर्यटकिय स्थलको पुर्वाधार निर्माण नहुदा पर्यटनको विकासले गतीलिन नसकेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले चारवटै सुरक्षा निकाय परिचालन गरि जिल्लाको समग्र शान्ति सुरक्षा चुस्त पारिएको बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली,जिल्ला उपाध्यक्ष विरेन्द्र केसी,सहसचिव हृदय भुसाल,चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षता र नविन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update