Hamroprayas
लक्ष्मी कोईराला भट्टराईद्धारा लिखित लक्ष्मी कोइराला वाटिका कविता संग्रह  लोकार्पण

तिलोत्तमा,पुस २८
लक्ष्मी कोईराला भट्टराईद्धारा लिखित लक्ष्मी कोइराला वाटिका कविता संग्रह  लोकार्पण भएको छ । शुक्रबार मणिग्राम ६ शान्ती नमुना माध्यमिक विद्यालयमा  एक कार्यक्रम आयोजना गरी उक्त कविता संग्रह लोकार्पण गरिएको हो ।


लोकार्पण कार्यक्रममा प्रमुख अथिति पुर्वमुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले  साहित्य कला मार्फत मुलुकको चेतना माथि उठाउन ठुलो सहयोग रहने बताउनुभयो । उहांले साहित्य सृजनामार्फत समग्र नेपालको राजनीतिलाई ब्यंग गर्न खोजेपनि राम्रो नराम्रो पक्षलाई एउटै डालोमा राखेर घोल्ने र निकाल्ने प्रवृति रहेको भन्दै बिषयभित्र पनि के असल र कस्तो खराब गरे र कसले गरे भन्ने विषयपनि स्पष्ट ब्यक्त गर्न श्रष्टालाइ आग्रह गर्नुभयो  । उहांले सही विश्लेषण गरेर र देखेको कुरा स्पष्टसंग लेखनद्धारा उतार्न समेत सुझाव दिनुभएको छ ।

तिलोत्तमा साहित्य कला संङगीत प्रतिष्ठानका अध्यक्ष डा मुरारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा  प्राज्ञ बुंद रानाले कृतिमाथि टिप्पणी गर्दै करेसावारीमा उम्रीएका केही बोटहरुलाई झार भनेर फ्याक्न खोजेपनि ति झार नभएर औषधिजन्य बोट हुन सक्ने बताउनुभयो । उहांले आगो नबनेर के भो झिल्को बनेर बाचौं चिसो त मुर्दा नै हुन्छ तातो बनेर बाचौं भन्दै सृजनामार्फत राजनीतिक दलमाथि ब्यगं समेत गर्नुभयो ।

कार्यक्रममा छोरी शिक्षाबाट वन्चित बन्नुपर्ने समयमा आफु हुर्किनुपरेको भन्दै अहिले नारी शिक्षालाई दिएको जोडको प्रशंसा ब्यक्त गर्दै छिटो जन्मिएकोमा पश्चाताव भाव ब्यक्त गर्नुभयो ।हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ छ । साहित्यकार रमेश समर्थकले पुस्तकबारे समिक्षा गर्नुभएको कार्यक्रममा सल्लाहकार तथा वरिष्ठ साहित्यकार ऋषि भुसाल, राधा भट्टराई ,नेकपा एमालेका पोलिट्ब्युरो सदस्य दधिराम न्यौपाने, साहित्यकार देबेन्द्र घिमिरे,लेखक तथा समाजसेवी बुद्धिसागर भट्टराई, पुरुषोत्तम पान्डे,डिल्लीराज भट्टराई ,कवि रुद्र ज्ञवाली, वरिष्ठ साहित्यकार वनमाली निराकार लगायतले अक्षरको खेती गर्नेहरु निडर ,लगनशिल र यथार्थतालाई पछ्याउने प्रवृतिका हुनेमा जोड दिनुभयो । उहांहरुले साहित्य योगदानसहित कवितामार्फत महत्वपूर्ण विषय उठान गरिएको समेत बताउनुभएको छ  ।

कार्यक्रमको संचालन तिलोत्तमा साहित्य कला संगित प्रतिष्ठानका उपाध्यक्ष कबिराज पौडेलले गर्नुभएको हो । शारदा प्रसाद कोइराला,सुर्यप्रसाद,भरतप्रसाद,शरद र प्रकाश कोइरालाले प्रकाशन गरेको कविता संग्रहकोे  लोकार्पण संगै तिलोत्तमा साहित्य कला संङगीत प्रतिष्ठानले अयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा ९० वटा कविता संलग्न रहेका छन् ।

  

 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update