Hamroprayas
दाङ बस दुर्घटना : २ जनाको मृत्यु ,१७ जना घाइते , उद्दार  जारी

बुटवल , पुस २७

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस राप्ती नदीको पुलबाट नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खस्दा घाइते भएका १७ जनाको उद्दार गरिएको ईलाका प्रहरी कार्यलय भालुवाङले जनाएको छ ।

उद्दार गरिएका १७ जनाको भालुवाङमको स्थानीय अस्पतालमा प्राथमिक  उपचार भइरहेको छ । बसमा अझै केही घाइते हुन सक्ने आँकलन अनुसार उद्दार कार्य भइरहेको ईलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी प्रमुख उज्ज्वल सिह्ले  प्रमुख जानकारी दिनुभयो ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलबाट नदीमा खसेको हो । प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकले घाइतेहरुको उद्दार कार्य जारी राखेका छन् । मृतकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update