Hamroprayas
नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस भालुवाङको राप्ती पुलबाट नदीमा खस्यो

 भालुवाङ २७ पुस 
नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरकाे यात्रुबाहक बस केहीअघि दाङ-देउखुरीकाे भालुवाङ स्थित राप्ती नदीमा खसेकाे छ ।

 करिब ३० जना यात्रु सवार रहेकाे उक्त बस राप्ती नदीकाे पुलबाट खस्दा ठुलाे मानवीय क्षति हुन सक्ने आकलन गरिएकाे अस्थाई ट्राफिक प्रहरी पाेष्ट भालुवाङका प्रहरी प्रमुख हरिभक्त राेकायाले जानकारी दिनु भएकाे छ ।

 अहिले घटना स्थलमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् । भने थप बिबरण आउन बाँकी रहेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update