Hamroprayas
पर्यटनबाटै बुटवलको आर्थिक समृद्धि  संम्भव

बुटवल, पुस २६  

ऐतिहासिक, धार्मिक, सामरिक, पर्यटकिय क्षेत्रहरुको विकास र प्रचारप्रसारबाट बुटवलको आार्थिक समृद्धि गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । लुम्बिनी प्रदेश सरकार पर्यटन विकास परिषदको प्रवर्द्धन र मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको आयोजनामा विहिबार भएको बुटवलको पर्यटन प्रवर्द्घन सम्बन्धी कार्यशाला गोष्ठीले बक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रमको समुद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा उद्यानका संस्थापक अध्यक्ष भोज प्रसाद श्रेष्ठले पर्यटनबाट नै आर्थिक समृद्धि सम्भव रहेको बताउनुभयो । धेरै पर्यटन प्रवर्द्धनको विषयमा गोष्ठीहरु भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको बताउदै उहाँले राजनितिक ईमानदारीता अभाव हुदा आम नागरिकमा नैरश्यता छाएको दाबी  गर्नुभयो । आधुनिक विकासको गतिलाई तिव्रता दिन जरुरी रहेको श्रेष्ठको भनाई छ ।   

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले बुटवलमा रहेका पर्यटकिय क्षेत्रहरुलाई ब्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा योगदान मिल्ने गरि लिपिवद्घ तरिकाबाट ठोस योजना बनाउने लक्ष्य सहित कार्यक्रम गरिएको बताउनुभयो । भक्तपुर र पाटन जस्तो पारी बुटवलजस्तो सम्पदालाई संरक्षण र प्रचारप्रसारमा अघि बढ्न नसकेको गुनासो गर्नुभयो । पर्यटन प्याकेजको योजना, सरकारबाट कमिकमजोरी भए औल्याउने, ब्यवसयको प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटनमा फल फल्न लामोसमय लाग्ने भन्दै यो फल लागेपछि भने पुस्तौसम्मलाई पुग्ने उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा बुटवलको पर्यटनको पाटालाई ४ वटा विषयमा विभाजन गरि समुहगत छलफल गरि निचोड निकालिएको थियो । ऐतिहासिक धार्मिक तथा सास्कृतिक पर्यटन विषयमा दल बहादुर गुरुङको टिम, पर्यापर्यटनको विषयमा युवराज कंडेल, साहसिक पर्यटनमा मेहन्द्र थापा, तथा खाना पयर्टनको विषयमा सेफ राजेन्द्र पौडेलले आआफनो प्रस्तुत गर्नुभएको थियो  । 

कार्यक्रममा राष्ट्रिय उद्यान महासंघका केन्द्रिय अध्यक्ष खेम लुईटेल, बुटवल उपमहानगरपालिकाका शाखा अधिकृत गुणाखर खनाल, लुम्बिनी पर्यटन परिषदका अधिकृत बालकृष्ण गैरे, पर्यटन परिषद कार्यालयका गिता आचार्य, नाटा रुपन्देहीका महासचिव अन्जन श्रेष्ठ, उद्यानका महासचिव युवराज घिमिरे, सहजकर्ता बरुण ज्ञवालीले उजिर संस्कृति विकास गरि यहाका थारु, नेवारी, ब्राहमण, मधेसी समुदाय र संस्कृतिलाई प्रवद्र्धन गर्ने, मनोरन्जनका लागि सास्कृतिक कार्यक्रमलाई जोड दिने गरि कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update