Hamroprayas
पारदर्शी सरोकार समूह बुटवलको अध्यक्षमा लालहरि पाण्डे चयन

बुटवल,पुस २२
सुशासन र सदाचार प्रवद्र्धनको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था पारदर्शी सरोकार समूह बुटवलको अध्यक्षमा लालहरि पाण्डे चयन हुनुभएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध पारदर्शी सरोकार समूह बुटवलको होटल पाल्म इन्टरनेशनल बुटवलमा शनिबार सम्पन्न चौथो अधिवेशनले लालहरि पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाटै उपाध्यक्षमा दीपक ढकाल, महासचिवमा अर्जुन कार्की, सचिवमा सनु थापा र कोषाध्यक्षमा मिना थापा तुलाधर निर्वाचित हुुनुभएको छ । यसैगरि सदस्यहरुमा शंकर कोइराला, विकाश श्रेष्ठ र गीता श्रेष्ठ रहनुभएको छ ।      

 

अधिवेशनबाट महेन्द्र प्रसाद पाण्डे निवर्तमान अध्यक्ष र पारदर्शी सरोकार समूह बुटवलका संस्थापक अध्यक्ष एवं ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य महेन्द्रनारायण श्रेष्ठलाई प्रमूख सल्लाहकारको रुपमा चयन गरिएको छ । 
नवनिर्वाचित कार्यसमितिलाई सामाजिक अभियन्ता प्रदीप शाह लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

वि.स. २०५७ सालदेखि भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था पारदर्शी सरोकार समूह बुटवलले रुपन्देहीमा भ्रष्टाचार न्युनिकरण तथा सुशासन र सदाचार प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती र हैरानी सम्बन्धमा निगरानी लगायत भ्रष्टाचार न्युनिकरणका लागि राष्ट्रियरुपमा पैरवी गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update