Hamroprayas
नेपाल धार्मिक सद्भाव र एकताका लागि विश्वमै उदाहरणीय : बौद्ध गुरु उपाध्यक्ष डा. लामा 

बुटवल,पुस १९
पछिल्लो समय मुलुकमा धार्मिक साम्प्रदायिकता विरोधी आवाजहरु उठिरहेको बेला रुपन्देहीको तिलोत्तमा भने धार्मिक सदभावको सन्देश देखिएको छ । हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङगारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एंव लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गराएर धार्मिक सदभावको सन्देश दिइएको हो । 

पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरु एकताबद्ध रहेको सन्देश दिएका हुन । कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाहरुको उपस्थिती रहेको थियो । महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताउनुभयो । उहाँले ३ करोड नेपाली जनता एक आपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायविच बलियो एकता रहेको बताउनुभयो ।

उहाँले हिन्दु धर्माम्बलम्बीहरु लुम्बिनी र स्वयम्भु सहज रुपमा जाने र बुद्धिष्टहरु पशुपती जाने गरेको बताउँदै सदभाव र सहकार्यमा नेपालीहरु एकताबद्ध रहेको बताउनुभयो । ‘हिन्दुहरु सहजरुपमा लुम्बिनी र स्वयम्भु जानुहुन्छ,  बुद्धिष्टहरु पनि पशुपतीमा जानुहुन्छ’ उपाध्यक्ष लामाले भन्नुभयो । उहाँले नेपालको संस्कृती, सदभाव र परम्परा एक आपसमा जोडिएको बताउनुभयो । डा. लामाले बौद्धिष्टको मेडिटेशन र हिन्दुहरुको योग विश्वकै लागि नभई नहुने बनेको बताउनुभयो  । संविधानसभा सदस्य र पूर्व राज्यमन्त्री समेत रहेका उपाध्यक्ष लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सदभावलाई भत्कन दिन नहुने बताउनुभयो ।

उहाँले सबैको सम्मान जनक उपस्थिती हुनुपर्ने बताउँदै नेपालीहरुविचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताउनुभयो ।  नेपालीहरुविच जातजाती र विभिन्न धर्मका मानिसहरुविच एकतावद्ध रहेको उहाँले बताउनुभयो । ‘हाम्रो भूमि बुद्धभूमि हो, ३ करोड नेपाली मिलेर बसेको देश हो, यस्तो देश संसारमा कतै छैन, त्यसैले हामी सबै मिलेर बस्नुपर्छ’ उहाँले भन्नुभयो ।
लुम्बिनी, सगरमाथा र पशुपतीलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल आर्थिक रुपमा कमजोर भएपनि साँस्कृतिक रुपमा संसारकै धनी देशका रुपमा रहेको बताउनुभयो । उपाध्यक्ष लामाले लुम्बिनी र बुद्धलाई सबै नेपालीहरुले अपनत्व मान्नुपर्ने बताउनुभयो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी शान्ति र पवित्र स्थल रहेकाले सबै धर्म र सम्प्रदायले अपनत्व गर्नुपर्ने बताउनुभयो । उहाँले बुद्धजन्मस्थलको जिल्लामा भएको महायज्ञ आर्थिक संकलनसँगै समाजलाई जोड्ने काम गरेको बताउनुभयो ।

कार्यक्रममा कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा समेत मिलेर बसेको समाज रहेको बताउनुभयो ।  कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरीदेवी चौधरी, वडाअध्यक्ष दानबहादुर चौधरी, चेतनारायण आचार्य, बालकृष्ण गैरै लगायतले बोल्दै महायज्ञ सफलताको शूभकामना दिनुभएको थियो । बुधबारदेखि शुरु भएको महायज्ञ आगामि पुस २४ गतेसम्म चल्नेछ । महायज्ञको प्रमुख कथावाचन प. दीनबन्धु पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री हुनुहुन्छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update