Hamroprayas
मंगलबार बुटवल मिलनचोकमा बसको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत

बुटवल,पुस १८
हिजो मंगलबार दिउँसो बुटवलको मिलनचोकमा बसको ठक्करबाट मृत्यु भएका पुरुषको पहिचान खुलेको छ । 

बसको ठक्करबाट मृत्यु हुनेमा भारत उत्तरप्रदेश महाराजगँजका ४७ वर्षीय दिनेश सिंह रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बर को बसले साईकलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । 

मृतकका परिवार सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो भने ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update