Hamroprayas
कञ्चनमा आनन्दमय जिवनका लागि सकारात्मक बिचार प्रबचन

बुटवल,पुस १८ 
रुपन्देहीको कञ्चन गाउपालिकामा सफल एवम् आनन्दमय जीवनका लागि सकारात्म बिचार बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा ब्रह्मकुमारी ईश्वरिय विश्विद्यालयको सहयोगमा सो कार्यक्रम भएको हो।
प्रबचन कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आफुभित्र रहेका हरेक बिचार र सोंचमा सकारात्मक भाइवको बिकास नगरेसम्म बाहिर देखिने हरेक दृश्यहरुमा नकारात्मक मात्र देखिने अर्थात महसुस हुने बिचार ब्यक्त गर्नु भयो। 

समाजमा गरिने हरेक भौतिक बिकासहरुको संरक्षण र दिगोपनको लागि सकारात्मक सोंचको र बिचारको बिकासको आवस्यकता पर्ने र त्यसका लागि हरेक दृश्यहरुमा आफुलाई सकारात्मक नजरको बिकास गर्नु जरुरी रहेको बिचार ब्यक्तगर्नुभयो । 
अध्यक्ष ढकालले सफल एवम् आनन्दमय जिवनका लागि बाह्य रुपमा देखिने सुन्दरतामा भन्दा आफु भित्र रहेको आन्तरिक सुन्दरताको बिकासलाई जोड दिन सकेमात्र जिवनमा सफलताका कदमहरु अगाडी बढ्न बताउनुभयो । 

जनप्रतिनीधि, कर्मचारी, बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको दुई दिने प्रवचन कार्यक्रममा ईश्वरिय ब्रह्मकुमारी विश्वविद्यालयका आध्यात्मिक उत्प्रेरणात्मक वक्ता रमण भट्टराईले सफल एवम् आनन्दमय जीवनका लागि सकारात्म बिचार बिषयक प्रवचन दिनु भएको थियो।

बिद्यालय तहमा समेत सफल एवम् आनन्दमय जीवनका लागि सकारात्म बिचारको बिकासमा जोड दिने उद्धेश्यका साथ पालिकाको हरैया माध्यमिक बिद्यालय र प्रगती नमुना माध्यािक बिद्यालयमा समेत प्रवचन कार्यक्रमको व्यबस्था गरिएको शिक्षा शाखा प्रमुख रमेश भुसालले जानकारी दिनु भएको । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update