Hamroprayas
टोपी दिवसमा मेयरसँग रोट्र्याक्टको शुभकामना

बुटवल, पुस १६
राष्ट्रिय टोपी दिवसको अवसरमा रोटर्याक्ट क्लव अफ बुटवलले मेयरसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसँग रोट्याक्टले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । 
कार्यक्रममा मेयर पाण्डेयलाई ढाकाटोपी लगाई दिएर स्वागत गरिएको थियो । नगरप्रमुख पाण्डेयले नेपाली ढाका टोपी दिवसको शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा रोट्याक्ट क्लव अफ बुटवलका अध्यक्ष अर्जुन खनाल, सचिव अजय यादव रोट्याक्ट क्लवका जोनल सेक्रेटरी भेषराज पोखरेल लगायतले टोपी दिवसको शुभकामना साटासाट गर्दै मेयरसँग शुभकामना कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update