Hamroprayas
तिलोत्तमामा साहसी कदम नेपालको कार्यालय शुभारम्भ

बुटवल ,पुस १६ 
साहसी कदम नेपाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा कार्यालय शुभारम्भ भएको छ । कार्यालयको सोमबार एक कार्यक्रमको आयोजना गरी खेम ओमी प्रतिष्ठानका संरक्षक ओमी पुन बाट उद्घाटन गरिएको हो।समाजसेवि ओमी पुनले साहसी कदम नेपालको उद्घाटन समारोहको अवसर पारी लैगिक तथा यौनिक अल्पसंख्यकहरुकालागि १ लाख ११ हजार रुपैयाँ राशीको अक्षयकोष समेत स्थापना गर्ने घोषणा गर्नुभयो  ।

साहसी कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक रानामगरले अक्षयकोस बाट संकट्को बेला यौनिक तथा लैगिंक अल्पसंख्यक सहयोगको लागि सो कोष परिचालन गरिने बताउनुभयो । अध्यक्ष रानाले अक्षयकोषस्थापना दाता ओमी पुन लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । वि.स. २०७६ सालमा स्थापना भएको संस्थाले तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शंकरनगर चन्द्रगेटबाट भित्र कार्यलय स्थापना गरेको हो ।

कार्यालय समुद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष सरोजी न्यौपाने, सचिव सायरा गुरुङ्ग, सह–सचिव अवन्तीका घर्ती सहित प्राविधिक सल्लाहकार रेशम न्यौपाने, परियोजना संयोजक हसना क्षेत्री, वकालत अधिकारी रोज मगर,पत्रकार अमृता अनमोल , कृष्ण खनाल ,बिन्दु भट्टराई लगायतयको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update