Hamroprayas
शनिवारदेखि बुटवलमा पाँचौ सडक खाना महोत्सव सुरु 

बुटवल, पुस १५
नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित बुटवलमा शनिबारदेखि पाँचौ सडक खाना महोत्सव २०८० शुरु भएको छ ।एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शनिबार उद्घाटन गर्दै खाना महोत्सवको ईतिहास धेरै पुरानो भएको बताउनुभयो । मानव विकासको क्रमसंगै करीब १० हजार वर्षअघि ग्रिसबाट शुरु भएको ईतिहास रहेको उहाँले बताउनुभयो ।
समुद्रमा पाईने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा यो चलेको उहाँले बताउनुभयो ।

पछिल्लो समय भने शहरीकरणसंगै वातावरण स्वच्छ, हाईजेनिक रहेको पुष्टि गर्ने रुपमा यो चल्न थालेको उहाँले बताउनुभयो । विश्व कुनै ठाउमा समयको रोकतोक नभएको भन्दै सुरक्षाको ब्यवस्थापन भने सरकारको जिम्मेवारी भएको उहाँले बताउनुभयो । रुपन्देहीमा भएका विकासको गतिलाई हेरेर ७० अरब भन्दा बढी नीजि क्षेत्रको लगानी भएको तथ्याक पछिल्लोसमय देखिएको उहाँले बताउनुभयो  । रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिदासमेत थेग्न सक्ने स्तरका होटलको क्षमता रहेको उहाँले दाबी गर्नुभयो  ।

कार्यक्रममा प्रदेश उद्योगमन्त्री रोज राणाले भाषण गर्ने कार्यक्रम सही नभएको बताउनुभयो । २४ घण्टा ब्यवसाय गर्न देखिने समस्याबारेमा टेबलमा बसेर छलफल गर्न तयार रहेको उहाँले बताउनुभयो । टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेको उनले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अब लुम्बिनीको विकास देशकै मोडल भएको बताउनुभयो । लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि ब्यवस्थापन जरुरी रहेको उहाँले बताउनुभयो  ।कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा सभासद भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेला महोत्सव भएको बताउनुभयो  । जनता बिनाको विकास अपुरो हुने भन्दै उहाँले उपभोक्ता समितिमार्फत गरिएको काम सधै सफल हुने उहाँले बताउनुभयो  ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताउनुभयो । आशा जागेको शहर र जनताले धानेको शहर बुटवल भएको भन्दै उहाँले निजी क्षेत्रबिना नगरको विकास सम्भव नभएको बताउनुभयो ।कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले ब्यवसाय प्रवद्र्घनमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताउनुभयो । सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा संस्थागत अध्यक्ष तथा वरिष्ठ सल्लाहकार माधव नेपालले होटल ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । गढ्ढादेखि नुवाकोटसम्म पुग्ने केबलकार जोड्न सके एउटै प्रदेशका दुई जिल्ला जोड्ने ३ वटा केबलकार हुने प्रदेशको रुपमा पहिचान मिल्ने उहाँले बताउनुभयो । कालिका पथलाई रात्रीकालिन बजारका रुपमा अघि बढाउन आफुहरु पहल गरिरहेको उहाँले बताउनुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बुटवलमा रात्रीकालिन बजारको दबाब स्वरुप सडक खाना महोत्सव शुरुवात गरेको बताउनुभयो । खान र घुम्न बुटवल जानुपर्छ भन्ने प्रचार गराएर देशभित्र र बाहिरबाट समेत आगामी दिनमा भित्राउने गरी अघि बढ्ने उहाँले बताउनुभयो ।यसैबिच ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियम लगायत बाह्य पर्यटकहरुलाई सम्मान गरिएको छ ।

दिउँसो निकालिएको जनचेतनामुलक र्यालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरी नेपाल महिला मगर संघ, बुटवल नगर कमिटि दोस्रो, उचिडहवा स्वावलम्बन समुह र तितेपाती सहकारी संस्था तेस्रो भए । यसैगरी समावेशी टोल बिकास संस्था र मिलन टोल विकास संस्था सान्त्वना भए ।
एक सय स्टलहरुमा विभिन्न जाती र संस्कृतिका पहिचान झल्किने खानाका परिकारहरु राखिएका छन् ।

शनिवार गायिका शान्तिश्री परियार, कलाकार उज्वल घिमिरे, स्थानिय सागितिक ब्याडहरुले प्रस्तुती दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update