Hamroprayas
मानवसेवा आश्रमले शनिवार बुटवलमा आमा सेमिनार गर्ने 

बुटवल, पुस १२
मानवसेवा आश्रमले बुटवलमा आमा सेमिनार गर्ने भएको छ। यही पुस १४ गते सनिवार बुटवल सभाहलमा आमा सेमिनार आयोजना हुन लागेको आश्रमले जानकारी दिएको हो । सेमिनारमा मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी प्रमुख प्रशिक्षकको रुपमा सहभागि रहने आश्रमले जनाएको छ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम सद्भाव, करुणालाई जनजनमा पु¥याउने उद्देश्यले आमा सेमिनार आयोजना गर्न लागिएको मानवसेवा आश्रमका लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारीले बताउनुभयो।

यो वर्ष देशभरका ४५ स्थानमा आयोजना गर्ने योजना अनुसार सनिवार दिउसो २ बजेदेखि ५ बजेसम्म बुटवलमा आमा सेमिनार आयोजना गर्न लागिएको हो। सकारात्मक सोच, सिर्जनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर बनाउने उद्देश्यले आमा सेमिनार आयोजना गर्न लागिएको आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो। 

आश्रमले २०७५ साल पुस ७ गतेदेखि बुटवल सुख्खानगरमा एउटा भाडाको घर लिएर सेवा शुरु गरेको थियो। यो अवधीमा ८ सय ६६ जनाको उद्धार गरिएको थियो भने १ सय ४० जनाको मृत्यु भएको प्रदेश कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। अधिकारीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्रै ३१ जनाको मृत्यु भएको छ। पारिवारिक विछोड, अपहेलना, गरिबी तथा मानसिक रुपमा विक्षिप्त भई घरबाहिर विहिन भएकाहरुलाई आश्रमले उद्धार गरि आश्रय दिंदै आएको छ।

      

लामो समय सडकमा कष्टकर जिवन बिताउनुपर्दा विभिन्न रोगहरुको संक्रमण हुने गरेको र उपचारको क्रममा धेरैजसोको मृत्यु हुने गरेको अधिकारीले बताउनुभयो । पांचवर्षको अवधीमा २ सय ५४ जनालाई पारिवारिक पुनर्मिलन गराएको, १ सय ६३ जनाले स्वेच्छाले आश्रम छोडेको, ९२ जनालाई सामुदायिक पुनर्मिलन गराएको र ९१ जनालाई आश्रम परिवर्तन गराएको जनाएको छ। गत आर्थिक वर्षमा पनि १ सय १९ जनाको उद्धार गरि ११ जनालाई सामुदायिक पुनसर््थापना, २६ जनाको पारिवारिक मिलन गराउनुको साथै ९ जनालाई आश्रम परिवर्तन गराएको उहांले बताउनुभयो।   

हाल भलवारी स्थित आश्रमको भवन र बुटवलमा गरि १ सय ६६ जनाले आश्रय लिईरहेका छन्। आश्रमले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरुमा जीवन विताउन बाध्य अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडकआश्रित मानवहरुको उद्दार गरि परामर्श, औषधोपचार तथा पारिवारिक पुनर्मिलन गराउंदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update