Hamroprayas
सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण

बुटवल,पुस ११
रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागितामा यान्त्रीकरण वितरण गरिएको हो ।

सैनामैना नगरपालिका पशु विकास शाखाले एक कार्यक्रमको आयोजना गर्दै बुधबार नगरका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले म्याट ५० पिस,ब्रस कटर १२ पिस,विधुतीय च्यापकट १७ पिस किसानलाई हस्तान्तरण गरेका हुन् ।चालु आर्थिक वर्षको मत्स्य तथा पशुपन्छी व्यावसायिक कार्यक्रम अन्र्तगत सो कार्यक्रम गरिएको पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काकाले बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरिएको बताउनुभयो । मानवशक्ति कम लाग्ने र सजिलै काम गर्न किसानलाई सहजहोस भन्ने उदेश्यले सामाग्री वितरण गरिएको हो । यान्त्रीकरणको प्रयोगका कारण उत्पादत्व वृद्धि गर्न सकिने मेयर शर्माको ठम्याई छ भने कृषि क्षेत्रको विकासका लागी नगरपालिका सधै तयार रहेको कुरा समेत उल्लेख गर्नुभयो । 

कार्यक्रममा सैनामैना नगरपालिकाका वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी किसानको आवश्कतालाई मध्येनजर गर्दै अनुदानमा आधारित सामाग्री वितरण गरेको बताउनुभयो  । नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो ।यान्त्रीकरण सामाग्री पाए संग किसानले खुशी व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update