Hamroprayas
पाल्पामा आगलागी हुँदा बालिकाको मृत्यु

                                                    सांकेतिक तस्विर 

पाल्पा, पुस ७
पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी भएको छ । आगोमा परि एक बालिकाको ज्यान गएको छ। स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्लीको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ।

शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको हो। क्याङ्रुङ्का श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ। मृतक बालिकासहित घरमा दुई छोराहरू रहेका थिए। आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको वडाध्यक्ष नवीन्द्र सोतीथापाले बताउनुभयो  । केटाकेटीलाई घरमा छोडेर दिउँसो घरबा अभिभावक काममा गएको बेला आगो लागेको बताइएको छ। 

घरमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रण भएको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update