Hamroprayas
श्री सारथी बचत तथा ऋण सहकारीको अध्यक्षमा मोहन पि.एस.

बुटवल,पुस ७
श्री सारथी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको को  १४ औं  बार्षिक  साधारण सभा तथा निर्वाचन शनिबार सम्पन्न भएको छ । 

सहकारीको बुटवलमा सम्पन्न निर्वाचनले  मोहन बहादुर पि.एस.को अध्यक्षतामा सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण पाण्डे, सचिबमा जितेन्द्र खत्री, कोषाध्यक्षमा कृष्ण प्रसाद पन्थी चयन हुनुभएको हो । सहकारीको नवनिर्वाचित सदस्यहरुमा शोभाखर भण्डारी, लिलाधर खराल, सिता बस्याल रहनुभएको छ ।

   

चन्द्रज्योती बस्यालको संयोजकत्वमा लेखा समिती चयन गरिएको छ ।  लेखा समिती सदस्यहरुमा अर्जुन कुमार बन्जाडे र दिनेश कुमार कसौधन चयन हुनुभएको नव निर्वाचित अध्यक्ष पि.एस.ले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update