Hamroprayas
माघमा वडा र फागुनमा गाउँ अधिवेशन गर्ने एमाले तिनाउको निर्णय 

 पाल्पा,पुस ७
नेपाल कम्युनिस्ट पार्टी एमाले,तिनाउ गाउँ कमिटीको बैठक शनिवार पाल्पा दोभानमा सम्पन्न भयो । बैठकमा एमालेका केन्द्रीय कमिटी सदस्य सिर्जना काफ्लेले पार्टीलाई जनमुखी बनाउँदै लैजानु पर्ने बताउँदै संगठनलाई व्यवस्थापन,परिचालन गरि देशकै नमूना पार्टी बनाउन जोड दिनुभयोे ।

उहाँले पार्टीका नेता,कार्यकर्तालाई उत्पादनसँग जोडिदै समाजवोन्मुख गोरेटोमा लाग्नु पर्ने उल्लेख गर्नुभयो । पार्टीलाई सुदृढीकरण र शुद्धीकरण गर्दै लैजानु पर्नेमा उहाँको जोड थियो । सक्रियतापूर्वक उद्यमशीलतामा लाग्ने रणनीतिक योजनामा पार्टीलाई  अघि सार्न समेत उनले तिनाउ गाउँ कमिटीलाई अनुरोध गर्नुभएको छ ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी, सदस्य दलबहादुर गुरुङले पार्टीमा अनुशासनलाई कायम गर्दै एमालेलाई शालीन र कर्तव्यनिष्ठ पार्टीका रुपमा स्थापित गर्न सबै लाग्नुपर्ने बताउनुभयो । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई थप प्रशिक्षित गर्दै लैजानु पर्ने सुझाउनुभयो । 

बैठकमा एमालेका नेता ओमबहादुर घर्तिमगरले  तिनाउको पार्टी संगठनलाई बलियो र अग्रगामी बनाउन नियमित बैठक र व्यवस्थापनमा जोड दिए । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको विकासमा आफूहरु अहोरात्र खटिएको र पार्टीलाई थप उचाइँमा पुराउन लाग्ने बताए । 

कार्यक्रममा पार्टीका तिनाउ अध्यक्ष रोमबहादुर लम्तरी, ऐमानसिह चिदी,विकास अर्याल,कृष्ण पाण्डेय,तुलबहादुर सारु,दलबहादुर दर्लामी र गोमा भण्डारी,अमरबहादुर तरामू,सावित्रा राना,लक्ष्मण कुमाल,बि. बस्नेतले तिनाउमा पार्टीलाई अघि लैजान सबै सक्रिय हुने बताउनुभएको थियो । साथै गाउँ कमिटीले माघ महिनाभरि वडा अधिवेशन र फागुनमा गाउँ अधिवेशन गरिने निर्णय समेत गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update