Hamroprayas
‘क्रिसमस डे’  का अवसरमा तिलोत्तमा कृष्टियन समाज  द्धारा शुभकामना आदानप्रदान

तिलोत्तमा,७ पौष ।
तिलोत्तमा कृष्टियन समाज तिलोत्तमाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आउंदै गरेको ‘क्रिसमस डे’  अर्थात नयां वर्ष २०२४ को अवसरमा शनीबार भलवारीमा कार्यक्रम सम्पन्न गरेको हो  ।

शुभकामना आदानप्रदानको क्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले हरेक धर्मको रक्षाका लागि एक धर्मले अर्को धर्मलाई स्वीकार्नुपर्ने र एक अर्का प्रति हार्दिकता हुनुपर्ने खांचो औंल्याउनुभयो । प्रमुख खांडले धर्म र जातीविचको प्रतिस्पर्धालाई छाडेर एक भएर समाजबाट गरीबी हटाउन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै विशिष्ट अथिति कृष्टियन समाज रुपन्देहीका अध्यक्ष सुरज थापाले कृस्चियन धर्मलाई राज्यले विभेद गरेको आरोप लगाउनुभएको छ । उहांले हरेक धर्ममा सद्भाव भएको तर धर्म नमान्ने मान्छेले सद्भाव खल्बलाएको बताउनुभयो ।

कृष्टियन समाजका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्रका प्रतिनिधि हेमन्त पान्डेले एकले अर्को धर्मका कार्यक्रमका अवसरमा शुभकामना दिन पाउनुनै लोकतन्त्रको सुदर पक्ष भएको बताउनुभयो ।

समाजका उपाध्यक्ष हर्क गुरुङले  स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको संचालन  जिल्ला सचिव प्रेम क्षेत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला क्रिस्चियन संघका उपाध्यक्ष तथा सल्लाहकार मदन खत्री, धनसिंह पुन, नेपाली कांग्रेस रुपन्देहीका सदस्य  राजकुमार वाग्ले लगायतले एकअर्काको धर्मप्रति सम्मान बढाएर सद्भाव छर्नुुपर्नेमा जोड दिनुभएको  कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुती समेत प्रस्तुत गरिएको  थियो ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update