Hamroprayas
उत्साह र खुशी जीवनका लागि प्रसंसनीय खोज तालिम

बुटवल,पुस ७
ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आगामी पौष २६ देखी २८, २०८० सम्म देशको राजधानी काठमाण्डौ र माघ ४ देखी ६ सम्म पर्यटकीय राजधानी पोखरामा उत्साह र खुशी जीवनका लागी प्रसंसनीय खोज तालिम (Appreciative Inquiry for Healing and Happiness) गर्ने भएको छ ।
 
व्यक्ति, परिवार संघ संस्थाहरु र समाजको सकारात्मक रुपान्तरणको लागि तालिम तथा अनुसन्धान कार्यहरु  गर्दै आइरहेको  ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले बिभिन्न कारणहरुले व्यक्तिहरु भित्र भएका नकारात्मक सोच, चिन्ता, पिडा, नकारात्मक चिन्तन शैली आदीलाई सकारात्मक उर्जा र शक्तिमा रुपान्तरण गरी आत्मसम्मानित, सकारात्मक, खुशीयाली र उत्साहवर्धक जीवन निर्माण गरी बाँकी जीवन सफल र साकारात्मक तरिकाले जीउने सीप सिकाएर दक्ष र सकारात्मक जनशक्ति विकास गर्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरेको हो । 

प्रसंसनीय खोज दृष्टिकोण व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा शुसुप्त अवस्थामा रहेका सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधी हो । यसले जीवन, परिवेश, समुदाय र संस्थाहरुलाइ नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबै खाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै त्यहा भएका सबै खाले कमजोरीहरुलाई निष्कृय बनाउने गरी आगामी दिनहरुको लागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाइ कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने बैज्ञानिक, व्यवाहारीक र प्रणालीगत विधी हो । 

यस विधिको सहि सदुपयोगले यथास्थितीमा रुमल्इिरहको जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन । यस विधीको प्रयोगले ब्यक्ति वा संस्थाभित्र वेवास्था गरिएका संभावनाका मुनाहरु फक्रिने अवसर पाउदछन र तीनै संभावनाहरुको प्रष्फुटनले चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउदछन । यस तालिममा यस विधीको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएकोले यो तालिम सैद्धान्तिक तथा ब्यबहारिक दुबै हुनेछ । 

यो तालिमका सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी डोर्याउन सकिन्छ र दिगो र सकारात्मक परिवर्तनको लागि कसरी नेतृत्व गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान  एवम् सिप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गर्न सक्नेछन । ३ दिन सम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधीका संस्थापक प्रोफेसर डा. डेभिड कुपर राइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विधार्थी तथा यस विधीका सर्टिफाइड प्रशिक्षक डा. राम चन्द्र लामिछानेले गर्नुहुनेछ । 


बिभिन्न कारणले गर्दा जीवनमा निराशा, पिडा, चिन्ताले सताएका र आफुभित्रको सकारात्मक शक्तिलाई पहिचान गर्न नसकेर उत्साहविहिन जीवन विताई रहेका, समस्या पहिचान गरेर पनि समाधान गर्न नसकेर जीवनमा पटक पटक असफलता भोगेर निराश भईरहेका व्यक्तिहरु जो निराशा र नकारात्मकतालाई हटाएर  सकारात्मक र उत्साहवर्धक जीवन निर्माण गर्न चाहनु हुन्छ वहाँहरु सवैकको लागि यो तालिम उपयुक्त हुने जानाकारी ईस्टिच्युटले जानाकारी गराएको छ । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update