Hamroprayas
निलकण्ठ बाबा धाममा तीनमहिने महायाग सुरु

बुटवल,पुस १
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग (ठूलो महायज्ञ) सुरु भएको छ ।महायागको आइतबार एक कार्यक्रमका बीच गलेश्वर आश्रम देवघाट धामका पीठाधीस अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले शुभारम्भ गरेका हुन् । सो अवसरमा भक्तजनलाई सम्बोधन गर्दै महामण्डलेश्वर स्वामी गिरीले संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो  । 

संस्कारयुक्त शिक्षाको अभावमा आर्थिक रूपमा सम्पन्न भएका बृद्व बृद्वाहरू समेत बृद्वाश्रममा बस्नुपर्ने अवस्था आएको भन्दै उहाँले संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।धामकी संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बृद्वाश्रम बनाउने रकम अब गुरूकुल निर्माणमा लगाउनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्की,लुम्बिनी प्रदेश सडक सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईं,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापा,धामका उपाध्यक्ष चुडामणिा पौडेल,कार्यक्रम प्रस्तोतन तथा पत्रकार खेमराज रेग्मी लगायतले महायागको बारेमा आ आफ्नो धारणा राखेका थिए ।

पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित धाममा सञ्चालन भएको तीन महिने महायाग चैत ४ गतेसम्म चल्ने महायाग प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले जानकारी दिए ।यो महायाग अति नै शक्तिशाली र कठिन अनुष्ठान भएको धामका संरक्षणक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताउनुभयो ।धाममा १३ औ पटक हुन लागेको महायागमा यज्ञआचार्य डा राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी वशिष्ट लगायत १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै बेदका रिचा, पुराणका उपासना मन्त्रजप गरिने उहाँले बताउनुभयो ।

महायाग सम्पन्न गर्न निकै ठूलो धनराशी खर्च हुने आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले बताउनुभयो । दानवीरहरुबाट दान संकलन गरेर खर्च जुटाउने प्रयास भइरहेको कार्कीले बताउनुभयो ।महायाग सफल बनाउन १९ वटा उपसमिति गठन गरिएको धामका उपाध्यक्ष रूपसिं थापाले जानकारी दिनुभयो ।महायाग अवधिमा पुर्व राजा ज्ञानेन्द्र समेत आउने कार्यक्रम रहेको उनले बताउनुभयो । धाम परिसरमै रहेको गुरुकुलमा कक्षा ६ देखि १२ कक्षासम्म हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update