Hamroprayas
मितेरीद्धारा तीन दिने उद्द्घोषण तालिम सुरु

बुटवल , पुस  १ 
मितेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीका विभिन्न समूहलाई तीन दिने नेतृत्व विकासका लागि उद्द्घोषण तालिम मितेरी सहकारीको सभाहलमा सुरु भएको छ ।सहकारीका सेयर सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको तालिममा नेतृतव विकास के हो, कसरी गर्ने नेतृत्व विकासको महत्व के छ र आफूभित्र भएको अन्तरनिहित क्षमतालाई कसरी प्रस्फुटन गर्ने ,भाषणकला लगायतका विभिन्न पक्षमा सहजीकरण गरिने छ । तालिमको सहजीकरण पत्रकार रीमा बि.सी.ले गर्नुहुनेछ ।


कार्यक्रममा बुटवल उपमहानपाका जनप्रतिनिधि गौतमलाल शाक्यले मितेरी बहुउद्देश्यीय सहकारी अन्य सहकारी भन्दा भिन्न भएको र यसले सहकारीका माध्यमबाट विभिन्न खालका गतिविधि गर्दै आएकोमा प्रशंसा गर्दे यस्ता खालका तालिमले सहकारी क्षेत्रकाट अगाडी बढाउन मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानपा ११ का जनप्रतिनिधि यम बहादुर सुनारले यस्ता खालका तालिमले सहकारीलाई अगाडी बढाउन र आफ्नो कार्यशैलीलाई व्यवस्थापनका लागि नेतृत्व विकास र उद्द्घोषण तालिमले महत्वपूर्ण हुने भन्दै सक्रिय सहभागिता जनाउन सहभागिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका १७ का अध्यक्ष ज्ञान बहादुर रेश्मीले मितेरी बहुउद्देश्यीय सहकारीले आफ्ना सेयर सदस्यहरुको क्षमता अभिबृद्धिका लागि गरेको तालिमको प्रशंशा गर्दे पाएको अवसर सही रुपमा सदुपयोग गर्न सम्पूर्ण सहभागीहरुलाई आग्रह गर्नुभयो । प्रमुख रेश्मीले सिकेका सिकाईलाई व्यवहारमा उतार्ने गरी अगाडी बढन आग्रह गर्दे यस्ता सकारात्मक अभियानमा स्थानीय सरकार सधैं संगै हुने बताउनुभयो ।  कार्यक्रमको अध्यक्षता मितेरी सहकारकिा उपाध्यक्ष सुहा बहादुर नेपालीको अध्यक्षता सचिव शत्रुधन शाहको संचालनमा कार्यक्रम संचालन भएको थियो । तालिममा सहकारीका विभिन्न विभाग र समितीहरुका ३५ जना सहभागीहरुको सहभागिता रहने संस्थाका कोषाध्यक्ष सीता शाहीले बताउनुभयो ।
  
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update