Hamroprayas
सकियो लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान : देवदहमा निकालियो र्याली

बुटवल,मंसिर २५
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा रुपन्देहीको देवदहमा आईतबार सचेतनामूलक र्याली निकालिएको छ । सोइया महिला स्वाबलम्बी संस्था देवदह ४ मा रहेको भवन परिसरबाट निकालिएको र्यालीे करेसाबारीमा पुगेर कोणसभामा परिवर्तन भएको थियो । 

र्यालिमा सस्थाका संचालक समितिका पदाधिकारी ,कर्मचारी ,सदस्य , किशोरी समूह तथा संस्था द्वारा गठित महिला समुहका सदस्यहरुको सहभागीता रहेको थियो ।र्यालीमा सहभागीहरुले लैंगिक हिंसा अन्त्य गरौं, मानव अधिकारलाई रक्षा गरौ ,महिला अधिकारको सम्मान गरौं, लैंगिक हिंसाको नाराले,मुक्ती पाउँछन् साराले ,बाल विबाह अन्त्य गरौं, महिला हिंसाको गरौ उजुरी ,कडा कारबाही छ धेरै जरुरी जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । 

कोणसभालाई सम्बोधन गर्दै सोइया महिला स्वाबलम्बी संस्थाका ब्यवस्थापक मेनुका न्यौपानेले लैंगिक हिंसा सहेर नबस्न अनुरोध गर्नुभयो । देबदहमा हिंसाका घटना न्यूनिकरण गर्न र सचेतना प्रवाह गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । संस्थाका अध्यक्ष केशमाया थापाले कोही कसैलाई हिंसा भएको थाहा भएका संस्थामा वा नजिकैको प्रहरी कार्यलयमा खबर गरेर सबै नागरिकलाई हिंसा मुक्त समाजमा बाच्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

एलिना हमालको सञ्चालमा सम्पन्न भएको कार्यक्रममा सरिता सापकोटा र रोशी गुरुङले आफ्ना भनाई राख्नुभएको थियो । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ,महिला र बालबालिकामा लगानीको ऐक्यबद्वता भन्ने राष्ट्रिय नाराका साथ लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान मनाईएको छ । यो दिवस प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिएको छ । अभियानका अवसरमा रुपन्देही लगायत देशैभर बिभिन्न कार्यक्रम सम्पन्न भएक छन्। 


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update