Hamroprayas
बुटवल फर्निचर उद्योग संघ रुपन्देहीको  पदबहाली

तिलोत्तमा, मंसिर २३ 

बुटवल फर्निचर उद्योग संघ रुपन्देहीको २३औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले शनिवार पदबहाली गरेका छ्न्   । शनिवार देखि बुटवल फर्निचर उद्योग संघको अध्यक्षको रुपमा तेजप्रसाद पराजुलीले पदभार ग्रहण गर्नुभएको छ । उहाँ यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । विधानको ब्यवस्था अनुसार उहाँ अध्यक्ष हुनुभएको हो ।

त्यस्तै संघमा वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले,द्धितीय उपाध्यक्षमा नेत्र रुचाल,महासचिवमा खिमबहादुर खड्का,  कोषध्यक्षमा काशीराम पोख्रेल सचिवमा लिलबशादुर कार्कि,सहकोषध्यक्षमा बुद्धबहादुर सारुसहित ११ जना सदस्यले पद तथा सपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित समिति सदस्यहरु तथा पदाधिकारीहरुले सपथ ग्रहण तथा पदभार ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगर  खेलराज पाण्डेले उद्योगी उद्योग बेचेर विदेश पलायन भएको भन्दै संकटमा परेका ब्यवसायलार्ई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने ,तर सिंगो राज्य यसमा गंभिर भएर लाग्नुपर्ने बताउनुभयो ।   त्यस्तै विशिष्ट अथिती रुपन्देही उद्योग संघका दिलिप सापकोटाले रुपन्देही उद्योग संघ र फर्निचर संघको समस्यालाई साझा समस्या बनाएर एक साथ अगाडि बढ्न सुझाव दिनुभयो ।  

पदबहाली पछि बोल्दै नव निर्वाचित अध्यक्ष तेजप्रसाद पराजुलीले फर्निचर उद्योगमा थुप्रै वेथिति मौलाएको प्रति सचेत रहन आवश्यक रहेको औंल्याउदै  स्थानीय सरकार र उद्योगी एक भएर लाग्नुपर्ने बताउनुभयो । उहांले विधि र पद्धतीमा टेकेर काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

 कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का रामचन्द्र क्षत्री ,निवर्तमान अध्यक्ष सावित्रा टण्डन,सल्लाहकार विष्णु क्षेष्ठ,पुर्व अध्यक्ष नरेश कुमार क्षेष्ठ,विष्णु पाण्डे,पदम जीसी,वोनिन पिया,,सुमन अधिकारी, निर्वाचन मण्डलका निर्वाचन अधिकृत लोक प्रसाद खरेल, नव निर्वाचित महासचिव  खुमबहादुर खडका लगायतले भारतिय मुलबाट नेपाल आएर गैरकानुनी ढंगबाट चलाएका ब्यवसायिलाइ निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update