Hamroprayas
बुटवलका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा

बुटवल,मंसिर २१
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको सरुवा भएको छ । गत कात्तिक २१ गते घरायसी कारण देखाउँदै बिदामा बस्नुभएका प्रमुख प्रशासकीय अधिकृत भुसालको मंसिर २० मा गृह मन्त्रालयमा सरुवा भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० कार्तिक २० गतेको मितिमा चलानी नम्बर ११८४ को पत्रमार्फत बुटवल उपमहानगरपालिकालाई समेत बोधार्थ दिँदै भुसालको पदस्थापनबारे जानकारी गराएको हो।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भुसाललाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन गरिएको जानकारी दिएको छ।

भुसालको सरुवा भएपछि अर्को प्रमुख प्रशासकीय अधिकृत आउनका लागि बाटो खुला भएको छ । भुसाल गएपछि बुटवल उपमहानगर १ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहन बनेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update