Hamroprayas
लैङ्गिक हिंसा न्यूनिकरणमा सबै लागौ : उपाध्यक्ष विष्णुमाया

बुटवल,मंसिर १८
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत आईतवार माथागढी गाउँपालिका वडा नं. ४ झडेवाले स्थानीय महिलाहरुका लागि लैङ्गिक हिंसा,यसको कारण,असर र कानुनी उपचार विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा सामाजिक अभियन्ता बिष्णु जीसी र गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखा प्रमुख पुनम चिदीले सहजीकरण गर्नुभएको थियो। 

सो कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चे मगरले गाउँघरमा घरेलु हिंसा बढ्दै गएको र त्यसको न्यूनीकरणका लागि महिलाहरु सक्रियतापूर्वक हिंसा विरुद्वको अभियानमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय महिला जनप्रतिनिधि, सामाजिक संघसंस्था र महिला समूहका प्रतिनिधिहरु गरि करिव ५० जना महिलाहरुको सार्थक सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update