Hamroprayas
भुवनेश्वरी मन्दिरको साधारणसभा तथा धर्मशाला उद्घाटन

बुटवल, मंसिर १७
बुटवल उपमहानगरपालिका वडा नं –४ मा रहेको  भुवनेश्वरी भगवती मन्दिरको २२ औं वार्षिक साधारणसभा तथा तुलसी – युक्त धर्मशालाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मन्दिरका अध्यक्ष जीवनप्रसाद वझाको अध्यक्षता, मुक्तिनाथ धामका  १००८ स्वामी लोकानन्द जी महाराजको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वामी लोकानन्दले बुटवलमा भुवनेश्वरी मन्दिरले श्रद्धालु भक्तजनलाई आकर्षक गरेको बताउँभयो । उहाँले  मन्दिर निर्माण तथा धर्मशाला निर्माणका लागि सहयोग गर्ने स्वर्गीय तुलसी प्रधान र युक्त प्रधानका परिवार तथा दाता एवं संरक्षक राजेन्द्र प्रधान, कविन्द्र प्रधान, गोविन्द बहादुर चिपालु एवं उहाँका परिवारलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो। 

त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले धार्मिक एवं पर्यटकीय क्षेत्रमा बुटवल पछिल्लो समय परिचित हुँदै गएको र बुटवलको वडा नं। ४ मा रहेको भुवनेश्वरी मन्दिर भक्तजनले हेर्न लायक बनेको भन्दै खुसी व्यक्तगर्नुभयो । मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले धर्मशालाको आर्थिक प्रतिवेदन, उपाध्यक्ष तथा बुटवल ४ का जनप्रतिनिधि एवं समाजसेवी अरुणकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन र कार्यवाहक सचिव रविन्द्रनाथ पंगेनीले सचिवको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा बुटवल  ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष डा।बालकृष्ण चापागाईं, विश्वहिन्दु महासंघ रुपन्देहीका कोषाध्यक्ष तथा समाजसेवी अनुपमान सैजू,विश्वहिन्दु महासंघ बुटवल नगर समिति अध्यक्ष चन्द्रमान श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष  टंक प्रसाद गैरे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जग्गादाता, आर्थिक सहयोगदाता, मन्दिरमा भजनकिर्तन गर्ने  महानुभावहरुलाई  दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update