Hamroprayas
कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ ओैं वार्षिक साधारणसभा

बुटवल , मङ्सिर १६

कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बुटवल-४, आदर्शनगरकाे १५ ओैं वार्षिक साधारणसभा शनिवार बुटवलमा सम्पन्न भयाे । 

साधारण सभाका प्रमुख अतिथि एवम् संस्थापक अध्पक्ष ईन्जिनियर हीराबहादुर भलामीले वर्तमान कठिन समयमा समेत कानुङ सहकारीले आफूलाई सतिसाल बनाएर अड्याई राख्न सकेकाेमा धन्यवादज्ञापन गर्दै आगामी दिनहरुमा झन् खराेरुपले अघि बढ्नुपर्ने बताउनु भयो । 
उहाँले आफू र डाक्टर गाेबिन्दबहादुर बलाल मगरले बढाे  सुझबुझसहित कानुङ सहकारी स्थापना गरेकाे भन्दै सबै मिलेर आर्थिक एवम् सामाजिक परिवर्तनका लागि गतिशील बन्नुपर्ने बताउनु भयो। सहकारी अघि बढाउन कार्यसमिति,सल्लाहकार, उपसमितिहरु, कर्मचारी र सदस्यहरुकाे सार्थक सहभागिता जरुरी हुने बताउनुभयो । आर्थिक कठिनाईकाे याे समयमा सहकारीले सबैकाे साथ लिएर आफ्ना शेयर सदस्यहरलाई सचेत बनाउँदै अघि बढेमा स्थापना गर्दाकाे परिकल्पना पूरा हुने संस्थापक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि भलामीले सुझाउनुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि एवम् सहकारी अभियन्ता दलबहादुर गुरुङले कानुङ सहकारीले आफ्ना सदस्यहरुका आर्थिक र सामाजिक परिवर्तनका लागि खेलेकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताउँदै साधारण सभामा आफ्नाे सहकारीकाे ऐना देखाउने विशेष दिन भएकाे समेत उल्लेख गर्नुभयो। साधारणसभामा शेयर सदस्यहरुले प्रश्न गर्ने र सञ्चालकहरुले जवाफ दिने अवसरका रुपमा समेत लिन सकिने बताउनुभयो। वर्तमान जटिल समयमा आफ्नाे सहकारीलाई चुस्तदुरुस्त राख्नका निम्ति नियमितरुपमा सहकारी अभिमुखीकरण र आधारभूत तालिम दिदै आएकाे कानुङ सहकारी,यस क्षेत्रकै उदाहरणीय सहकारी बनेकाे विशिष्ट अतिथि गुरुङले सुनाउनुभयो।

सभामा अध्यक्ष टाेबहादुर थापाले आफ्नाे संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन र चालू वर्षका लागि याेजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो  । उहाँकाे प्रगति प्रतिवेदन र चालू वर्षकाे याेजना,कार्यक्रमलाई सहभागी सबै सदस्यहरुले ध्वनिमतका साथ पास गरेका थिए । 
त्यसैगरी संस्थाका काेषाध्यक्ष युवराज काउचाले गत आर्थिक वर्षकाे लेखापरीक्षण प्रतिवेदन र चालू वर्षकाे अनुमानित खर्च विवरण पेश गर्नुभएको थियो । साे प्रतिवेदनलाई सहभागी सबले कर्तलध्वनिका साथ पास गरेका थिए । त्यसैगरी संस्थाका लेखा समिति संयाेजक दानबहादुर थापाले लेखा समितिकाे तर्फबाट आवश्यक सुझाव पेश गर्नुभएको थियो ।


कार्यक्रममा कुमारी थापा,प्रेमबहादुर थापा,जंगबहादुर श्रीस,ईन्द्रा गुरुङ,बलाल,बेनप्रसाद थापा लगायतले संस्थाकाे उत्तराेत्तर प्रगतिकाे कामनासहित शुभकामना प्रकट गरेका थिए । सभामा शेयर सदस्यका छाेराछाेरी र आफन्तहरुकाे शैक्षिक प्रगतिका लागि सम्मान गरिएकाे थियाे ।

विभिन्न विधाहरुमा शेयर सदस्यहरुलाई पुरस्कृत गरिएकाे उक्त सभामा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए । सहभागी सबैलाई खानाकाे उचित प्रवन्ध  गरिएकाे संस्थाकी कार्यालय प्रमुख कुसुम पुनले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update