Hamroprayas
किन हुन सकेन घरायसी काममा समानता ?

बुटवल,मंसिर ९

नारी शब्द आफैमा सम्पूर्ण तर, पनि वेदना, असमानता विभेदजस्ता खाडलबाट नारी अझै पिल्सिएका छन्भन्दा फरक नपर्ला प्रसङ्ग हो, केही दिन अगाडि मनाइएकोे लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको यो दिवस अन्तर्राष्ट्रियस्तरमै प्रत्येक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउँदै आइएको यो वर्ष सभ्यसमाजको पहिचान लैंगिक हिंसाविरुद्धको अभियान भन्ने राष्ट्रिय नाराका साथ धुमधामसंग मनाइयो योबाहेकका पनि वर्षभरि महिला स्वन्त्रता, समानता अधिकारका बारेमा चर्का चर्का बहस हुने गरेका छन् तरपनि नारीमाथि असमानता, थिचोमिचो पुरातनवादी सोंचबाट माथि उठ्न सकेको छैन हाम्रो समाज अनि हाम्रै सोच पनि

हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदीबहिनीहरू पेट्रिया, मिनर्भा मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसाविरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो यसरी यी तीन दिदीबहिनीहरूको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात् गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिलाविरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरिएको हो

अहिले सामाजिक आर्थिकलगायत विकासका विविध क्षेत्रमा नारीहरुले फड्को मारिसकेका छन् तर हाम्रो सामाजिक परम्परागत सोचले खै किन फड्को मार्न सकिरहेको छैन ? अझै पनि नारीलाई सहस्र स्वीकार गर्न असमर्थ हाम्रो समाज हाम्रो पुरुषप्रधान सोंच संस्कारले अझै महिलालाई अवला देख्न छोडेको छैन, साहस संघर्षका पर्याय होइन, करुणाका खानी बुझ्न छोडेको छैन

तर जति अधिकार, समान सोच अवधारणाका कुरा गरे पनि हाम्रो समाजमा महिला वा नारीलाई अझै पनि दोस्रो दर्जाको नागरिकका रुपमा लिने गरिन्छ सामान्यतः महिलाहरुको हकहित सुरक्षा तथा संरक्षणका कुरालाई सामान्य अर्थमा महिला अधिकार भनिन्छ महिलाले पाउनुपर्ने अधिकारबाट महिला आफैँ पनि कत्तिको जागरुक छन् वा राज्यले त्यसतर्फ कत्तिको चासो दिएको वा छैनन् ? आजको विषय हुन सक्छ शिक्षा, स्वास्थ्य, रोजगार, नीति निर्माणमा महिलाको पहुँचमा अहिले पनि सोचेअनुसार प्रगति हुन सकेको छैन

अहिले पनि भेदभाव, शोषण खप्न बाध्य छन् नारी आफ्नै घरमा पनि सुरक्षित छैनन् नारी चुल्हो चौको सम्हाल्नेदेखि राज्यको नेतृत्व तहमा रहेका नारी आज पनि हिंसामा छन्, चाहे त्यो देखिने गरी होस् या नदेखिने गरी तर हिंसा हिंसा नै हो आफ्नै काका, दाजु, मामा, बाबा, हजुर बुवासम्मबाट शिकार भएका छन्, दिनहुँ बलात्कृत भएका छन् घरेलु हिंसा खेप्न बाध्य छन् नारी तर बोल्न सकिरहेका छैनन् आज बोलेर के गर्नु भोलिको रोजीरोटी सम्झिन्छन् अनि चुप लाग्नुको बिकल्प छैन नारीसँग तिनलाई कठघरामा ल्याउने हदैसम्मम कानुन बनेका छन् तर कार्यन्वयनमा प्रभावकारिता छैन अझै पनि महिलाहरूको समान नागरिकको हैसियतमा पहिचान स्थापित हुन सकेको छैन संसारमा हरेक तीनमध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै कुनै प्रकारको हिंसा भोग्छन् यस्तो हिंसामा संलग्न पीडक महिलाले चिनेको, माया गर्ने विश्वास गर्ने व्यक्ति हुने गर्दछन्

१६ दिन सम्मको दैनिक देशैभरिकागतिबिधिलाई हेर्ने हो भनेपनि विभिन्न अप्रिय घटना घटिरहे शहरका सुकिला मुकिला महिला संघसस्थाहरुले कार्यक्रम गरे, भाषण गरे तर जसले आफ्नो सामान्य अधिकार पनि के हो, मैले गरेका कामहरुको मूल्यांकन कसले गर्छ होला, परिवारले ? समाजले ? कि राज्यले ? पत्तो पाउने अवस्था नभएका नारीहरुको पहुँचमा हामी पुग्नबाट चुक्यौँ कि भन्ने पनि प्रश्न उब्जिएको

यो बिचमा केही महिलाहरुसंग मैले समानताका कुरा गर्ने अवसर पाएँ उनीहरुलाई जिज्ञासा राखेँसाँच्चै परिवारको कस्तोकस्तो सहयोग भयो भने महिलालालाई त्यही घरको पुरुष सदस्यलाई समान अधिकार समानताको आभाष हुन्थ्यो होला ? धेरैले त्यति ठुला अपेक्षा राखेको पाइनँ

बिहानसंगै परिवारका सक्ने व्यक्तिहरु उठ्नु सबैले एकएक काम बाँडेर गरुन् मिठो मसिनोसंगै बसेर खाऊन् आफ्नो काममा लागून् हर हिसाब कहाँ, कति,कहिले, किन खर्च भयो भनेर महिलालाई पनि जानकारी गराऊन् जागिर नगर्ने घरको काम धन्दा धानेर घरका अन्य सदस्यलाई अफिस पठाउनेजस्तो महान् काम गर्ने महिलालाई सम्मान गरुन् आर्थिक रुपमा कुनै पनि किसिमको टक्क वचन सुन्न नपरोस् पैसा कमाउने गरी जागिर गर्न विभिन्न परिस्थतिले नपाए पनि घरको कामको उच्च मूल्यांकन होस् यी सबै कुरा महिला पुरुष दुवैमा लागू होस् यी यस्तै समान्य तर हामीले खासै चासो नदिएका कुराहरु यत्ति मात्रै हुने हो भने पनि केही खुशी महिलाको अस्थित्व रहेछ भन्ने आभाष हुथ्यो कि जस्तो पनि लाग्यो तर हाम्रो समाज छोरीका कुरालाई अर्काको घरका जाने जातको कुरा पनि के मान्नु, बुहारीलाई किन सोध्नु, छोरालाई सोधे भैहाल्यो नि, हाम्रो सर्वेसर्वा छोरा नै हो, पृतसत्ताले यसरी गाजेको नि के थाहा भोलि त्यही छोराको ठाउँका बुहारीले पो त्यो घर धान्छे कि भन्ने महिलाका कुरामा कुनै तात्विक अर्थ हँुदैन भन्ने हाम्रो परम्परा नै बसी सकेको त्यही कुरा परिवारका अन्य सन्ततीहरुमा पनि सरेको देखिन्छ छोराछोरीले बाबाको निर्णयलाई जति सजिलै स्विकार गर्छन्, त्यही आमाको कुरालाई सहज रुपमा स्विकार गरेको हामी देख्न, सुन्न महसुस गर्न पाएका छैनाँै, यो सत्य हो

संगै अफिस पुगेर आएका श्रीमान् आएर सोफामा पल्टिँदा हत्तपत्त हातको ब्याग फालेरहजुर पानी लिइस्योस् भन्न भ्याएका छन् नारी घरायसी कामको कुनै लेखाजोखा नै छैन बिहान बजेदेखि राति १० बजेसम्म नारीले गर्ने कामको खोइ सम्मान गरिएको, अनि यो श्रम चाहिँ श्रम होइन ? नारीलाई बच्चा पाउने मेशिन, मनोरञ्जनको साधन, दोस्रो नागरिकको दर्जा, सामाजिक लाञ्छना जस्ता थुप्रै व्यवहारहरु अझै हट्न सकेको छैन यो हटाउने कसले तपाईहामीले होइन ? यो समाज हाम्रो होइन, ती पात्र हामी होइनौं, हाम्रो घरघरमा नारी छैनन् ? छन् भने यो सुधारमा हामी कहिलेबाट लाग्ने ? प्रश्न यहाँनेर समानता, मायाप्रेमबाट समाज घरपरिवार, राष्ट्र, सुधार्न सकिन्छ भने हामी किन सधैँ नकारात्मक बाटोमा मात्रै लाग्छौं ? सकारात्मक ढंगबाट पनि अगाडि बढ्न सकिन्छ सुरुवात आजैबाट आफैंबाट गरौँ

हामी २१ औँ शताबदीका सचेत वर्ग अझै पनि यी यस्तै कुरामा अल्झिएर बस्नु हँुदैन नेपालको संविधानमा महिला हक, अधिकारका विषयमा थुप्रै व्यवस्था छन् नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि सामाजिक, आर्थिक, न्यायिक, धार्मिक समानताका कुरा उल्लेख छन् तर खोई ती व्यवहारमा लागू भएका ? यसमाथि हामीले गम्भीर बहस गर्नुपर्ने बेला भएको त्यसैले, नारीबिनाको संसार हामीले कल्पना पनि गर्न सक्दैनौँ नारी सृष्टिकर्ता हुन्, आमा हुन्, छोरी हुन्, बुहारी हुन् यो ब्रह्माण्डको तर पनि यही नारीको विकासमा हामी यति ढिला गर्छौं किन ? हुन हिजो आजका महिलाहरुले ब्यक्तिगत सशक्तिकरणभन्दा सामाजिक सशक्तिकरणमा जोड दिन थालेको पाइन्छ देखिन्छ पनि पहिला आफूमै सशक्त हुन सके समाज सुधारमा हाम्रो प्रयास सार्थक हुन्छ कि ?

यो लेख गतबर्ष मेचिकाली दैनिकमा प्रकाशित भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update